१६ चैत्र २०८०, शुक्रबार
बि प्लस नेपाल

लालझाडीका प्रमुख प्रशासकीय अधिकृत र लेखा परिक्षकाे बिदाई

खबर सम्बाददाता १६ मंसिर २०७९, शुक्रबार
लालझाडीका प्रमुख प्रशासकीय अधिकृत र लेखा परिक्षकाे बिदाई

कञ्चनपुरकाे लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावल र आन्तरिक लेखा परिक्षक अशाेक सिँह साउँदकाे शुक्रवार बिदाई गरिएकाे छ ।
औपचारिक कार्यक्रम गरी अधिकृत रावल र लेखा परिक्षक साउँदकाे बिदाई गरिएकाे हाे । आगामी सफल कार्यकालकाे शुभकामना सहित पालिका अध्यक्ष निर्मल राना र सपना रानाले उहाँहरुलाई स-सम्मानका साथ बिदाई गर्नु भएकाे थियाे। प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावल प्रधानमन्त्रीकाे कार्यालय काठमाडौंमा र आन्तिरक लेखा परिक्षक अशाेक सिँह साउँदकाे आन्तिरक राजश्व कार्यालय धनगढीमा सरुवा भएकाे छ । लालझाडी गाउँपालिकामा अधिकृत रावल र लेखा परिक्षक साउँद २ वर्ष कार्यरत हुनुहुन्थ्याे । गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिकाे उपस्थितिमा बिदाई कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।    

बिदाई कार्यक्रममा बाेल्दै अधिकृत रावलले स्थानिय निकाय सरकारकाे स्वरुप भएकाले स्थानिय सरकारले समग्र विकास गर्नु पर्ने बताउनु भयाे। बिधि, प्रकृया र सँरचना चाहिने भएकाले कार्यबिधिमा टेकेर काम मात्र बैधानिक काम मानिने उहाँले बताउनु भयाे ।जनप्रतिनिधि र कर्मचारी बिच समन्वय र सहकार्य हुन जरुरी रहेकाे प्रमुख प्रशासकीय अधिकृत महेन्द्र सिँह रावलले बताउनु भयाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin