कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित देवरिया सामुदायिक वन उपभोक्ता समुहको १९ औं वार्षिक साधारण सभा आज मंसिर १७ गते सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु , विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कैलाली-५ क प्रदेशका सभापति सिताराम राना , धनगढी-७ का वडा सदस्य सरस्वती चन्द , धनगढी-७ का पुर्व वडा सदस्य यमुना जोशी भट्ट , सम्पुर्ण देवरिया सामुदायिक वन उपभोक्ता समुहका पुर्व अध्यक्ष ,समाजसेवी ,बुद्धिजीवी ,उपभोक्ता सदस्यहरुको उपस्थितिमा र देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सम्पुर्ण अतिथि तथा उपस्थित उपभोक्ताहरुलाई देवरिया सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष जगत राम रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७८/०७९ आय व्यय रकम रु। २८लाख ४६ हजार ६०४ रुपैया बराबर रहेको बारे देवरिया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष भागिराम चौधरीले बताएका थिए ।
देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन देवरिया सामुदायिक वन उपभोक्ता समुहका सचिव संगिना जगिरीले प्रस्तुत गरेकी थिइन ।
देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७९/०८० को अनुमानित रकम रु। ५७लाख ४९हजार २५० रुपैयाँ बराबर रहेको देवरिया सामुदायिक वन उपभोक्ता समुहका लेखा समिति संयोजक पृथ्वी रानाले बताएका थिए ।
कार्यक्रममा सांस्कृति झल्काउने नाचहरुपनी प्रस्तुत गरेका थिए ।
कार्यक्रम देवरिया सामुदायिक वन उपभोक्ता समुहले ५ लाख बराबरको तार घेरबार योजना हाल्नमा पहल गरिदिनुभएकोमा जय राज जोशीलाई सम्मान गरेका थिए ।
साधारण सभामा सबै उपभोक्ताहरु उपस्थित हुनुपर्दछ । हाम्रो समुदायमा के हुदैछ ? के गर्ने ? कसरी गर्ने ? भनेर छलफल गर्नुपर्छ । धनगढी-७ नं वडामा ६-७ वटा सामुदायिक वन छन । ती मध्य सबैभन्दा उत्कृष्ट यहि सामुदायिक वन हो । किनकि यश सामुदायिक वनले नीति नियमले खर्च गर्ने र काम गर्ने तरिका एकदमै राम्रो छ । यस देवरिया सामुदायिक वन सङ्ग गौसाला पनि जोडिएको छ । किसानहरुलाई गाईले नोक्सानी गर्दै थिए त्यसैले गौसाला कलेक्सन सेन्टरको रुपमा स्थापना गरेका थियौ । गाईलाई प्रजनन गराउन होइन जम्मा गर्ने र अर्को ठाँउमा पुर्याउथ्यो । धनगढी-७ मा जुनसुकै राजनैतिक दलका वडा अध्यक्ष भएतापनी हामी सबैले हातोमालो गरेर बिकासको काम गर्नुपर्छ । यो वडा नं ७ हाम्रो हो , यसको बिकासको लागि प्रदेश सरकार, केन्द्र सरकार कहाँ डेलिकेसनमा जानुपर्छ भन्नुस अध्यक्ष ज्यु तपाईं सङ्गै म डेलिकेसनमा जानेछु भनेर विशिष्ट अतिथी धनगढी-७ का पुर्व वडा अध्यक्ष सिताराम रानाले प्रतिबद्धता जनाएका छन ।
वन हामी सबैको हो , हामी सबैले वनलाई आफ्नो हो भन्ने अभियान जारी गरि वन बचाउनु पर्दछ । यदि हामिले कुनै पनि साझा काममा अपनत्तो हो भनेर सोच्दैनौ भने कहिले पनि कुनै कार्यमा विकास हुन सक्दैन । मैले यस वडामा कहिलेपनी पार्टी र जातिको कुरा नगरेर बिकास गर्नेछु । यस देवरिया सामुदायिक वन उपभोक्ता समुहले नाफा भएको बजेटबाट कुनै अर्को क्षेत्रमा होइन आफ्नो क्षेत्रमा बिकास निर्माणको काम गर्नुपर्छ । तपाईंको सल्लाह सुझावलाई म कुनै पनि गुनासो नलिएर प्रसाद झै ग्रहण गर्नेछु भनेर प्रमुख अतिथी धनगढी ७ नं वडाका वडा अध्यक्ष मोति रानाथारुले बताएका छन ।
हामीले अगामी दिनमा पनि वन संरक्षण गर्नको लागि सबै एक भएर काम गर्नेछौ । वन हाम्रो हो हामिले संरक्षण गर्नुपर्छ भनेर सभापति देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शारदा प्रसाद रानाले बताएका छन ।