कंचनपुरको लालझाडी गाउँपालिका वडा नं ४ स्थित जाई गाउँमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थलगत निरीक्षण गरेका छन ।
२०७९ पौष २ गते राती हात्तीको बथानले केसरबती राना र हरिलाल रानाको घरमा क्षति गरेका छन ।
पौष २ गते राती हात्तीहरु एक्कासि आएर घरमा तोडफोड गरी घरको भित्ता तोडेका छन ।घरमा रहेका रासायनिक मल, खाद्यान्न , बारीमा लगाएका आलु,गोभी, उखु तथा दैनिक उपयोग हुने आवश्यक समानहरुको पनि क्षति भएको भनेर हरिलाल रानाले बताएका छन ।
लालझाडी गाउँपालिकाको क्षेत्र जङ्गलसङ्ग जोडिएको हुनाले लालझाडी गाउँपालिकाबासीले सतर्कता अपनाउन अनुरोध गर्दछु । लालझाडी गाउँपालिका वडा नं ४ जाईमा हात्तीको बथानले केसरबती राना र हरिलाल रानाको घरमा क्षति गरेका छन । क्षति गरेको ठाउँमा स्थलगत निरीक्षण गरी भोलि मिति पौष ४ गते तत्कालका लागि राहत उपलब्ध गराउने भनेर लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले जानकारी दिएका हुन ।