कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित भानु चोकमा संघारी होटलको सुदुर पश्चिम प्रदेश सभा सदस्य मा. इन्द्र गिरीद्वारा उद्घाटन सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी सुदुर पश्चिम प्रदेश सभा सदस्य मा. इन्द्र गिरी, विशिस्ट अतिथी संविधान सभा सदस्य मा. प्यारेलाल राना , नागरिक न्मुक्ति पार्टीकि केन्द्रिय उपाध्यक्ष सुनिता चौधरी , अतिथी श्रीराम चौधरी ,गोदु चौधरी ,गायक मनिराम चौधरी , निर्देशक चन्द चौधरी (चाद) तथा थारु कलाकार ,बुद्धिजीवी ,समाजसेवी र संघारी होटलका प्रो. कलाकार चन्दर चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
हामी सबै मिलेर अगाडी बढ्नुपर्छ । हामी सबै एक भएर काम गर्छौ । गलत भएको ठाउँमा मलाई सल्लाह सुझाब दिनुहोला र राम्रो काममा ठिक भैरहेको छ भन्नुहोला । होटलको उद्घाटन संगै प्रगति होस भनेर प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य मा. इन्द्र गिरीले बताएकी छिन ।
होटलमा सम्पुर्ण थारु परीकारको खाजा रहनेछ । अहिले सानो होटल देखि सुरुवात गरेका छौ । तपाईंको मायाले यसलाई ठूलो होटलको रुपमा बनाउने छौ । आज ३०% सम्पुर्ण नास्तामा छुट रहेको छ एक पटक सबैले अबलोकन गरिदिन आग्रह समेत संघारी होटलका प्रो. कलाकार चन्दर चौधरीले बताएका छन ।