कंचनपुरको लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा २०७९ माघ ५ गते नबिल बैंक चान्देव शाखाले २७ जना टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा लालझाडी गा.पा. अध्यक्ष निर्मल रानाद्वारा बितरण गराइएको छ ।
कार्यक्रममा लालझाडी गा.पा. अध्यक्ष निर्मल राना , नबिल बैंक चान्देव शाखाका शाखा प्रमुख टेकराज जोशी, लालझाडी-४ का वडा अध्यक्ष बहादुर राना , कर्मचारी र टुहुरा बालबालिकाको उपस्थिति रहेको थियो ।
समाजिक उत्तरदायित्वको भावनाले वार्षिक रुपमा देशभरीनै यस्ता कार्यक्रम गर्दै आइरहेको र अगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने भनेर नबिल बैंक चान्देव शाखाका शाखा प्रमुख टेकराज जोशीले प्रतिबद्धता गरेका हुन ।