२६ माघ २०७९, बिहीबार
बि प्लस नेपाल

दाइजो कृषि सहकारीले ५०% अनुदानको कृषि यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न

खबर सम्बाददाता ७ माघ २०७९, शनिबार
दाइजो कृषि सहकारीले ५०% अनुदानको कृषि यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित आज २०७९ माघ ७ गते दाइजो कृषि सहकारी संस्था लि.को आयोजनामा कृषि ज्ञान केन्द्र कैलालीद्वारा ५०% अनुदान कृषि यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भुमि ब्यवस्था तथा सहकारी निवर्तमान मन्त्री मा. बिनिता देवि चौधरी , विशिष्ट अतिथि धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारु ,कृषी ज्ञान केन्द्र कैलालीका अधिकृत श्याम राज जोशी ,कृषी ज्ञान केन्द्र कैलालीका अधिकृत भुमिराज उपाध्याय , अतिथि देव ब. सेठी , दीर्घ राज जोशी , मान ब. राना तथा सम्पुर्ण अतिथि शेयर सदस्य र संचालक समितिको उपस्थितिमा र समन्वय समिती संयोजक चन्द्र किरण रानाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

कृषि क्षेत्रमा भएको उत्पादनमा बजार मूल्य ब्यवस्थापन भएको छैन । किसानहरुलाई रासायनिक मलको अभाव छ यसमा पनि सरकारको ध्यान पुगेको छैन । हाम्रो यस धनगढी वडा नं ७ मा सिचाईको लागी पनि समस्य देखिरहेको छ । यसमा सरकारको ध्यानाकर्षण होस भनेर धनगढी-७ का वडा अध्यक्ष मोति रानाथारुले मन्तव्य व्यक्त गरेका हुन ।

३ वर्षको कृषि ज्ञान केन्द्र कार्यक्रम गर्‍यौ ४८ जना किसानलाई पावर टिलर उपलब्ध गरायौ ।
किसानको अवश्यकता थियो हामिले सहयोग गर्‍यौ । अब कृषि क्षेत्रमा वृद्धि गर्न आवश्यक छ । किसानहरुको लागि हामिले १० करोडको लागतमा कोल्ड स्टोर निर्माण गरेका छौ । पदमा नभए पनि आफुले सहयोग गर्ने भनेर प्रमुख अतिथि भुमि ब्यवस्था तथा सहकारी मन्त्री मा. बिनिता देवि चौधरीले प्रतिबद्धता गरेकी छिन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin