२६ माघ २०७९, बिहीबार
बि प्लस नेपाल

सांसद कोषको ५०% रकमबाट आदिवासी जनजातीको संस्कृति संरक्षण गर्नको लागि छुट्याउने प्रतिबद्धता : एन.पि. साउद

खबर सम्बाददाता ८ माघ २०७९, आईतवार
सांसद कोषको ५०% रकमबाट आदिवासी जनजातीको  संस्कृति संरक्षण गर्नको लागि छुट्याउने प्रतिबद्धता : एन.पि. साउद

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगरस्तरिय माघी विषेश सांस्कृतिक कार्यक्रम २०७९ माघ ८ गते कृष्णपुर नगरपालिका वडा नं ५ स्थित कंचन बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथी रहेका प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले कञ्चनपुरका आदिवाशी जनाजती धर्तीपुत्र थारु समुदायबाट अन्य समुदायले पनि धेरै कुराहरु सिक्नु पर्ने छ । आफ्नो सांसद कोषको ५०% रकमबाट आदिवासी जनजातीको संस्कृति संरक्षण गर्नको लागि छुट्याउने प्रतिबद्धता गरेका हुन ।

थारु समुदायको रहनसहन कला संस्कृती समाजमा मिलेर बस्ने भाईचाराहरु पनि अन्यले सिक्न जरुरी रहेको बताए । बडघर भलमन्सा प्रणाली परापूर्वकाल देखी थारु समुदायमा चल्दै आएकोले यसलाई संस्थागत गरेर संरक्षण गर्नुपर्ने बताए । साथै आफनो सांसद कोषबाट आर्थिक सहयोग छुट्याउने जिकिर गरे, यसैगरी सुदूरपश्चिम सभा सदस्य गिता चौधरीले थारु हरुको संस्कृतिलाई दस्तावेजीकरण गरेर संरक्षण गरिनु पर्ने बताईन् ।

थारु संस्कृति भित्र लुकेर रहेका विकृती विसंगती लाई हटाउन पर्ने आँैल्याईन् । साथै जिल्ला समन्वय समितीका अध्यक्ष दुर्गा प्रशाद बोहराले आफनो संस्कृति बिर्सदै जाने र विदेशी संस्कृतीलाई अँगाल्दै जाने प्रवृतिले नयाँ पुस्तामा समस्या आएको बताए । थारु समुदायको बडघर भलमन्सा ऐन आफनो नगरपालिकामा लागु गर्ने र आवस्यक बजेट पनि छुट्याएर तालिम पनि प्रदान गर्ने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकार र ९ वटै वडाको थारु संस्कृति झल्किने प्रस्तुति रहेको थियो ।

थारु समुदायको लागि सांस्कृतिक भवन निर्माण गर्ने, सिकलसेल ऐनिमिया रोगको उपचारको उचित व्यवस्था गर्ने बताए । उक्त कार्यक्रमा कृष्णपुर नगरपालिका ३ का अध्यक्ष खेम चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउद विशिष्ट अतिथी सुदूरपश्चिम सभा सदस्य गिता चौधरी , निवर्तमान सुदुरपश्चिम प्रदेश सभा सदस्य श्यामलाल राना, कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझा , उप-प्रमुख द्रोपती राना , समाजसेवि ,बुद्धिजीवी , वडाका प्रतिनिधि , नगरबासिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin