८ बैशाख २०८१, शनिबार
बि प्लस नेपाल

रानाथारु समुदायको चैती चराई

खबर सम्बाददाता ९ चैत्र २०७९, बिहीबार
रानाथारु समुदायको चैती चराई

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा स्थायी बसोबास गर्ने रानाथारु समुदायले बिहीबार चैति चराइँ पर्व मनाइरहेका छन् । हरेक वर्ष चैत्र शुक्ल पक्षको पहिलो सोमबार वा बिहीबार मध्ये जो पहिले पर्छ सोही बार चराइँ पर्व मनाउने गरिएको संस्कृतिका जानकार बेलौरीका जानमति रानाले बताउनु भयो ।

उहाँका अनुसार, चराइँको दिन रानाथारु समुदायका महिलाहरू निराहार व्रत बसेर गाउँको भुइँया मन्दिरमा अथवा बागबगियामा जम्मा हुने र झाँक्री वा गुरुवाले मध्यान्हदेखि अपराह्नसम्म ७ भगवतीको पूजापाठ र हवन गर्ने चलन रहेको छ । समाजमा रोग व्याधि, महामारी लगायत भूतप्रेतको प्रभाव न्यूनीकरणका लागि सात भगवतीको पूजा अर्चना गर्ने र पूजाको प्रसाद लिएपछि महिलाहरूले पिकनिक जस्तै गरी मिठामिठा खानाका परिकार खाने र नाचगान गरी रमाइलो गर्ने सामाजिक मान्यता गरेको लालझाडी–३, नन्दगाउँ बस्ने बन्धु रानाले बताउनु भयो । “पहिले हामी होरी राख्छौँ, एक महिनापछि पोल्छौँ, ८ दिनपछि खखडेहरा मनाएर चैतमा चराइ खेल्छौँ” उहाँले भन्नुभयो ।

विभिन्न मौलिक सांस्कृतिक कार्यक्रम गरी चराइँ पर्व मनाउने गरिन्छ । यसबिचमा रानाथारु समुदायले भगीरथ लीला समेत गाउने गरेको लालझाडी–३, नन्दगाउँकै मुन्नी रानाको भनाइ छ । “हामी विभिन्न मौलिक खानाका परिकार बनाउँछौँ” उहाँले भन्नुभयो । महिलाहरूले यस दिन होरीका गीतहरू समेत गाउने र होरीको औपचारिक बिदाइ गर्ने प्रचलन रहेको लालझाडीका अमर रानाको भनाइ छ ।

पूजापाठ र नाचगान गरी घर फर्किनु भन्दा अगाडि पधना वा भलमन्साको हातबाट पानीको छिटा छर्किने प्रचलन रहेको छ । चराइँ तीन किसिमका हुन्छन् । चैत की चराइँ, वैशाखकी चराइँ र जेठमा पर्ने भजनी चराइँ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin