धनगढीमा डिजे बजाउन प्रतिवन्ध गरिएको छ। अनुमती बिना डिजे बजाए कार्वाही गर्ने समेत नियम धनगढी उपमहानगरपालिकाले बनाएको छ ।
धनगढी उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै डिजे बजाउन प्रतिबन्ध लगाएको हो। उपमहानगरपालिकाले छिमेकीलाई नकरात्मक असर पुग्ने गरि पटका, डिजे, माईक लगाएतका विद्युतीय बाजाको प्रयोग नगर्नरनगराउन भनेको छ। अटेरी गर्नेलाई कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाको सूचनामा भनिएको छ।