२२ जेष्ठ २०८०, सोमबार
बि प्लस नेपाल

भानु मा.वि.को अध्यक्षमा चौथो पटक प्रकास राना चयन

खबर सम्बाददाता २६ चैत्र २०७९, आईतवार
भानु मा.वि.को  अध्यक्षमा चौथो पटक प्रकास राना चयन

कञ्चनपपुरको लालझाडी गाँउपालिकामा रहेको एक सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चौथो पटकका लागि युवा नेता प्रकास राना चयन भएका छन । लालझाडीका युवा नेता राना चौथो कार्यकालका लागि भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका हुन ।

शनिबार सम्पन्न भएको अभिभावक भेलाबाट राना चौथो कार्यकालका लागि पुन अध्यक्षको जिम्मेबारीमा आएका छन । लालझाडी गाँउपालिका २ कञ्जमा रहेको भानु माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रानाको पहिलो कार्यकाल ०७३ मा भएको थियो ।

त्यसपछि राज्य पुर्नसंरचना हुँदा पहिलो एक बर्षे कार्यकाल सकेर ०७४ मा दोस्रो पटक अध्यक्ष भएका थिए । भानु माध्यामिक विद्यालयका प्रद्यानाध्यापक बेद प्रकास उपाध्यायले राना चौथो पटक पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएके बताए । तेस्रो कार्यकाल ०७६ माघ ११ र चौथो कार्यकाल ०७९ चैत्र २५गतेदेखि पुन पाईएको छ ।

नेकपा एमाले लालझाडीका प्रखर युवा नेता रानालाई पुन सो क्षेत्रका जनता(अभिभावक)ले विश्वास गरेर अध्यक्षकै जिम्मेबारी प्रदान गरेका छन । रानाथारु बाहुल्यबस्ती रहेको लालझाडीको कञ्जको भानु माध्यामिक सामुदायिक विद्यालयको शैक्षिक भौतिक गुणस्तरबृद्धिका लागि पहल गर्ने अध्यक्ष प्रकास रानाले बताए ।

‘मलाई जसरी यहाँका जनता(अभिभावकले)ले विश्वास गरेर चार चारपटक जिम्मेबारी दिएका छन, सोही अनुरुप काम गर्छु, ‘उनले भने, ‘ग्रामिण विद्यालयको भौतिक सुधारदेखि प्राविधिक शिक्षाका कार्यक्रम ल्याउँछु ।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin