राना थारुको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले बताएका छन ।
राना संस्कृती संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा २ दिने रानाथारु महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले कैलाली कंचनपुरमा रहेका रानाथारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबदद्ध रहेको उल्लेख गरे । कार्यक्रममा मन्त्री देउवालाई कैलाली कचनपुरका रानाथरुहरुको सामाजिक र मानवी विकासका लागी प्रदेश सरकारले आवश्यक नीतिगत रुपमा र संरचना गतरुपमा सुधार गरि कार्य अगाडि बढाउने बताए । साथै उनले यस्ता महोत्सवले रानाथारु साँस्कृति संरक्षण तथा सामाजिक विकास र साँस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।
आगामी दिनमा यस्ता महोत्सवमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने मन्त्री देउवाले बताए । उक्त अवसरमा आयोजक राना संस्कृती संरक्षण तथा विकास मञ्चले मन्त्रीलाई ५ बुदे ज्ञापन पत्र समेत पेश गरेका थिए । जसमा धनगढी उपमहानगरपालिका वडा न १३ मा निर्माणा निर्माणाधीन रानाथारु संग्राहलयको जग्गाको स्वामित्व सग्रहालयको हुनुपर्ने, संग्राहालयको निर्माणका लागि प्रदेश सरकारले समन्वयकारी भुमिका खेल्नुपर्ने, महोत्सवको लागि आगामी दिनमा बजेटको ब्यवस्था गर्नुपर्ने, मञ्चले सचालन गरिरहेका जनचेताना र शैक्षिक कार्यक्रमका लागि सरकारले बजेट ब्यवस्थापन गर्नुपर्ने लगायतका मागहरु रहेका छन ।
उक्त महोत्सवमा धनगढी उपमहानगर पालिकाका उपमेयर कन्दकाला राना , कृष्णपुर नगरपालिकाका उप प्रमुख , वडा न १३ का वडा अध्यक्ष विजयराज जोशीले महोत्सवको सफलताका लागि शुभकामना दिए । दुई दिन सम्म चल्ने उक्त महोत्सव बवगत १३ बर्ष देखि नयाँ बर्षको दिन देखि आयोजना गरिदै आएको छ । साथै उक्त महोत्सवमा राना समुदायका सास्कृति, खानाका परिकार र कलाकारले सास्कृती झल्काउने पहिरन, नाचगान र गित तथा सगित समेत प्रस्तुत गरेका थिए । महोत्सवको मुख्य प्रवर्धक धनगढी उपमहानगरपालिका वडा न १३ रहेको छ ।