२२ जेष्ठ २०८०, सोमबार
बि प्लस नेपाल

लालझाडीमा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम सुरु

खबर सम्बाददाता १७ बैशाख २०८०, आईतवार
लालझाडीमा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम सुरु

कञ्चनपुरको लालझाडी गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम सुरु गरेको छ । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँबासीहरूको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि र रोगको पहिचान गरी उपचारका योजना बनाउन गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रमको सुरुवात गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनु भयो ।

आइतबार शुभारम्भ गरिएको ‘नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत अब सबै वडाहरूमा नागरिकको घर दैलोमै गई सेवा प्रवाह गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभयो । कार्यक्रमबाट लक्षित वर्गका नागरिकसम्म स्वास्थ्य सेवा सहज तरिकाले पुर्‍याउने उद्देश्यले उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको खोज पड्ताल गरी जानकारी लिने र उपचार योजना बनाइने संयोजक चौधरीले बताउनु भएको छ । स्वास्थ्यकर्मी सहितको टोली घर दैलोमा गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्शमा केन्द्रित हुने बताइएको छ ।

शुभारम्भका क्रममा कार्यक्रममा सहभागीहरूको उच्च रक्तचाप र मधुमेहका लागि रगत जाँच गरिएको छ । कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट लगायतका कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियोे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin