कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित नवज्योति सहकारीको सभा हलमा रानाथारु कलाकार मञ्चको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती राना, विशिष्ट अतिथी RACC-DF का अध्यक्ष नारायण राना , नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लाल बहादुर राना , धनगढी-७ का पुर्व वडा अध्यक्ष तथा नवज्योति सहकारीका अध्यक्ष सिताराम राना , RACC-DF का सचीव भानु प्रताप राना, रानाथारुका खलनायक खडक बहादुर राना, गायक राम देव राना , नेपाल रानाथारु समाज कैलालीका उपाध्यक्ष पृथ्वी राना ,कलाकारको उपस्थितिमा र रानाथारु कलाकार मञ्चका उपाध्यक्ष दशरथ रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ कार्यसमिति चयन
अध्यक्ष :- श्याम कुमार राना
उपाध्यक्ष :- दशरथ राना
सचिव :- राम प्रसाद राना
कोषाध्यक्ष :- सरस्वती राना
सदस्य :- नरेश राना , पार्वती राना, फुला राना, शिवराज राना , ओम प्रकाश राना, अमर सिंह राना, महामती राना ।