कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ जाईमा सार्वजनिक सुनुवाई तथा कृषि यन्त्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
मुख्यमंत्री नमूना कृषि गाउँ (खाद्यान्न) समन्वय समितिका अध्यक्ष श्री नरेश रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाअध्यक्ष बहादुर राना रहनु भएको थियो भने विशिष्ठ अतिथि कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख हरि दत्त जोशी रहनु भएको थियो।
कार्यक्रममा विशिष्ठले अतिथि यस पालिकामा रहेको यो एक मात्र कार्यक्रम हो । यो कार्यक्रम तीन वर्षको निरन्तरता हो यस कार्यक्रमलाई तपाईं हामी मिलेर यहाँ भएका किसानलाई मध्यनजर गरी कृषि यन्त्रिकरण ५०% अनुदानमा उपलब्ध गराएको र यस लालझाडी गाउँपालिका वडा नं. ४ को किसानका लागि एक दम राम्रो कार्यक्रम रहेकोले यो कार्यक्रमबाट कृषि यन्त्र लिई सकेपछि सही ठाउँमा सदुपयोग गर्नु हुनेछ ।
यसै गरी प्रमुख अतिथिले सके सम्म आफ्नै समूहको नीतिनियम अनुसार यो कृषि यन्त्रलाई बिक्री वितरण नागर्न किसानलाई अनुरोध गर्नु भएको हो । जसरी कृषक समूहले जुन व्यक्ति खरीद गर्नु भएको छ त्यो व्यक्तिले समूहबाट बाहिरका व्यक्तिलाई कुन दरमा जोताई गराउने हो सो निर्णय को आधारमा सदुपयोग गरिदिन किसानहरु संग अनुरोध गरेका हुन्।
कार्यक्रम कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनक बहादुर सिंह सञ्चालन गर्नु भएको थियो।