कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुर राना गाउँमा लागू औषध नियन्त्रणका लागि जनचेतना कार्यतक्रम गरिएको छ।
वडा नं. १३ मा रहेकाे स्थानीय प्रहरी चाैकी अगुगाइमा राना युथ क्लबको आयोजनामा लागू औषध नियन्त्रण कार्यक्रमको आयोजना गरेकाे हो। कार्यक्रम अन्तर्गत जनचेतना फैलाउने काम भएको राना युथ क्लबका सदस्य प्रकाश रानाले बताए।
हाम्रो धनगढी हामी बनाउँछौँ अभियान अन्तर्गत गाउँ सरसफाई सँगै झाँडी सफाई गर्ने काम समेत भएको समाजिक परिचालिका काैशिल्या अाेझाले बताइन ।
स्थानीय, प्रहरी र जनप्रतिनिधिसहितको सहभागितामा टोल सरसफाई गर्ने काम भएको हो। युथ क्लबले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विविध कार्यक्रमको आयोजना गर्दै आएको छ।