९ आश्विन २०८०, मंगलवार
बि प्लस नेपाल

धनगढीको राजपुरमा सामनको डोला उद्दघाटन, विभिन्न व्यत्तित्व सम्मान

खबर सम्बाददाता १४ श्रावण २०८०, आईतवार
धनगढीको राजपुरमा सामनको डोला उद्दघाटन, विभिन्न व्यत्तित्व सम्मान

धनगढीको वडा नं. १३ राजपुरमा सामनको डोलाको उद्दघाटन भएको छ । राना युथ क्लव राजपुरको आयोजनामा हमर संस्कृति हमर शान, संरक्षण करके सबके चिनहान भन्ने मुल नाराका साथ एक कार्यक्रम बीच धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले उद्दघाटन गरिन । उद्दघाटन समारोहकी प्रमुख अतिथि तथा उप प्रमुख रानाले रानाथारुको तीज सँगै जोडिएर आउने सामनको डोलाको विशेष महत्व रहेको बताइन ।


विशिष्ट अतिथि तथा धनगढी वडा १३ का वडाका अध्यक्ष विजय राज जोशीले संस्कृति नै पहिचान रहेकोले यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व रहेको बताए । उनले यस्ता हरेक क्रियाकलापहरुमा वडाको सहयोग रहने प्रतिबद्धता जनाए ।


उद्दघाटन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । गाउँको सवै भन्दा बढी उमेरकी जेष्ठ नागरिक, गाउँको चाकर र दुई महिला स्वयम् सेविका गरी चार जना सम्मानित भएको क्लबका अध्यक्ष बहाली रानाले बताए ।


रानाथारु समुदायले मनाउने तीज पर्व भन्दा पहिले नै डोला (पिङ) खेल्ने गर्दछन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin