१७ फाल्गुन २०८०, बिहीबार
बि प्लस नेपाल

धनगढीमा भेटिए ८४ ओटा ताल

खबर सम्बाददाता २६ भाद्र २०८०, मंगलवार
धनगढीमा भेटिए ८४ ओटा ताल

निखिल आचार्य

धनगढी उपमहानगरपालिकाले विभिन्न वडामा ८४ वटा ताल फेला पारेको छ। २०२१ सालको नापीनक्सा अनुसार प्राकृतिक तथा कृतिम तालहरुको खोजी भएको हो। सबैभन्दा बढी ताल वडा नम्बर १० मा फेला परेका छन्। उपमहानगरपालिकाले दिएको विवरण अनुसार वडा नम्बर १० मा मात्रै १२ ओटा ताल छन्।
जुगेडा गाउँमा रहेका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुती ताल, भग्हर ताल भोगचलन गरेको अवस्थामा छन्। यस्तै सोही वडाका सुनबोरा, फुलनैया, मटगहना, नसिया र मदेहर ताल पनि भोगचलनमा रहेको उल्लेख गरिएको छ।
धनगढीको १ मा रहेको झागडा ताल पुरै अतिक्रमणमा परेको देखिएको छ। यसको पाँच बिघा ७ कट्ठा क्षेत्रफल अतिक्रमण भएको उपमहानगरपालिकाले जनाएको छ।
वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ। वडा नम्बर ३ मा रहेका दुईओटा गढैया ताल अत्तिक्रमण नभएको र गत आर्थीक बर्षमा खनी गहिरो पारिएको छ। यसै वडाको नेतुवा तालमा वाटर पार्क निर्माण भइरहेको छ।
वडा नम्बर ५ मा लब्लीचोक उत्तरमा रहेको ७५० वर्ग मिटर क्षेत्रफलको पोखरी र हसनपुरको पुरानो बोरिङ नजिक ५ हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी अतिक्रमण भएर घर बनेका छन्।
वडा नम्बर ६ मा विजुलीया गाउँको नठुनिया ताल, लमही ताल, कुइलही ताल, सुलखैया ताल, ठुलो नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल र डबरा ताल नक्सामा देखिएका छन्।
यस्तै वडा नम्बर ७ मा सडुवा बाबा ताल, अन्टा ताल, मनिया ताल र लम्बा तालमा घर बनेका छन्। पोखरी तालमा खेत आवादी रहेको, जाखौर ताल संरक्षित भएको, सिरेगडैयामा, चन्द्रमुखी ताल, दक्षिण गडैया ताल मुरफुट्टामा पोखरी नै छ।
वडा नम्बर ८ मा बन्धवा ताल अतिक्रमणमा परेको छ भने र तौलाहा ताल उपमहानगरपालिकाकको मातहतमा रहेको छ। वडा नम्बर ९ मा रहेका चौफेरी ताल उपमहानगरपालिकाले ठेक्कामा दिएको छ भने चन्द्रमुखी ताल भवानी माध्यमिक विद्यालयको मातहतमा रहेको रहेको छ। स्कुलले १५ बर्षका लागि बार्षिक ३५ हजारका दरले केहि बर्ष अघिदेखि भाडामा दिएको छ।
वडा नम्बर ११ मा पधनिया, बेला ताल र दुदैया तालमा माछा पालन गरिएको छ। बेलादेवीपुर धाम ताल र थप एक पोखरी यहाँ छ। वडा नम्बर १२ मा जंगलको बीचमा ऋसैना ताल छ। वडा नम्बर १३ मा रहेको मटकन्ना तालको ककेहि भाग अतिक्रमणमा परेको छ।
वडा नम्बर १४ मा रहेका बक्तैहिया ताल, लामोहाल ताल, कुशमौहिया, ममता ताल, राम लक्ष्मण ताल, शिव ताल र लाटोमरेको ताल माछापालनका लागि ठेक्का दिइएको अवस्थाममा छन्। वडा नम्बर १५ मा रहेको भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल र करहिदबरा ताल पनि माछापालनकै लागि ठेक्कामा दिइएको अवस्थामा रहेका उपमहानगरपालिकाले जनाएको छ।
धनगढीको वडा नम्बर १६ मा महादेवा ताल बेहडाबाबा धार्मिक वन रामपुरमा छ। सहदेव ताल, नौ ताल, जुगनिया ताल, घुरही ताल, दिपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया माछा पालन भइरहेको पाइएको छ।
वडा नम्बर १७ मा रहेका पथरी पोखरी, सरौटा, कुसुम ताल र थप २ पोखरी वनभित्र छन्। वडा नम्बर १८ मा नुकिल ताल, तीन टुरपी तालर श्री कृष्ण ताल प्रयोग नभएको पाइएको छ। यस्तै लाली गुँरास र पतन्जलि तालमा माछााालन भइरहेको पाइएको छ।
वडा नम्बर १९ मा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरीया ताल, छोरलहुवा ताल प्रयोगमा नरहेको र पुरैना तालमा माछा पालन भइरहेको उपमहानगालिकाले जनाएके छ।
उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले डुवानको समस्या हटाउन, जमिनमुनीको पानी पुनर्भरण गर्न र पर्यटनको विकासका लागि पनि यस्तता तालको खोजी भइरहेको बताए। धनगढी उपमहानगरपालिकाले तालको संरक्षण र अतिक्रमण खाली गर्ने काम गतबर्षदेखि नै गर्दै आएको छ। यी बाहेक थप ताल वा पोखरीबारे पनि खोजी भइरहेको भट्टले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin