१७ फाल्गुन २०८०, बिहीबार
बि प्लस नेपाल

जुगेडा कप-२०८० मा नगद १ लाख बिजेता (के.डि.) क्लब सितारगंजलाई

खबर सम्बाददाता ३१ भाद्र २०८०, आईतवार
जुगेडा कप-२०८० मा नगद १ लाख बिजेता (के.डि.) क्लब सितारगंजलाई

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १० स्थित जुगेडामा जुगेडा कप-२०८० भलिबल प्रतियोगिता संयुक्त राना जनचेतना परिवारको आयोजनामा भदौ २६ देखि ३० गतेसम्म कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विजेता सितारगंज(के.डी.) क्लब १ लाख , उप-बिजेता रानाथारु आदर्श युवा क्लब धनगढी ५५ हजार सहित कप,प्रमाणपत्र र नगद रुपैया , तृतीय स्थान कलाकार चौक र सुदा २ वटै टिमले ३० हजार तृतीय स्थान आपसी समझदारीमा भएको र समय अभाबका कारणले तृतीय र चौथो स्थानको खेल संचालन नभएको नगद पुरस्कार बितरण गरेका थियौ । सम्पुर्ण नेपाल तथा भारतबाट टिम ल्याइदिनुभएकोमा सबैलाई धन्यवाद छ भनेर संयुक्त राना जनचेतना परिवारका अध्यक्ष रबि रानाले बताएका छन ।

बिगत वर्षदेखी म आफै पनि यो जुगेडा कप भलिबल खेलेको छु । यस कार्यक्रममा विगतका दिनदेखी नै सहयोग गर्दै आइरहेका छौ । खेलकुद ले गर्दा हामी कुलतबाट टाढा रहेर आफ्नो स्वस्थ्य बनाउन सक्छौ । अगामी दिनमा पनि हामी जुगेडा कप संचालन गर्नको लागि सहयोग गर्छौ भनेर प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले प्रतिबद्धता गरेका छन ।

सितारगंजको टिमबाट म्यान अफ दि म्याच (शिवा) भएका छन

यो जुगेडा कपले जुगेडा गाउँलाई धनगढीलाई चिनाउने गरेको छ । अबको दिनमा कार्यपालिकाको बैठकमा जुगेडा कपलाई जुगेडा महोत्सवको रुपमा मनाउन पहल गर्छौ । धनगढी-७ बाट पनि सहयोग गर्ने भनेर धनगढी-७ का वडा अध्यक्ष मोती रानाले बताएका छन ।

जुगेडा कप २०७९ मा २ लाख ५० हजार बजेट वडाबाट छुट्याइएका थियौ । यस वर्ष विविध कारणले गर्दा बजेट छुट्याउन सकेनौ अगामी दिनमा जुगेडा कपको लागि सहयोग गर्ने भनेर धनगढी-१० का वडा अध्यक्ष शिव कुमार रानाले प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा विभिन्न स्थानीय क्लबका डान्स , नृत्य , कलाकार नरायण राना,लक्ष्मी राना, अञ्जली राना, सरस्वती राना,अमर सिंह राना, अविनाश रानाको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा नेपाल रानाथारु समाज कंचनपुर जिल्ला अध्यक्ष प्रेमबति राना , रियल ब्रोसर्स,कलाकार र कैलाली कंचनपुरका दर्शकको उपस्थितिमा ,कार्यक्रम संयोजक भगिरथ रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भानु प्रताप राना र श्रीशा रानाले संचालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin