९ आश्विन २०८०, मंगलवार
बि प्लस नेपाल

एसईई आईडल ३ घोषणा

खबर सम्बाददाता २ आश्विन २०८०, मंगलवार
एसईई आईडल ३ घोषणा

प्रभात मिडिया एण्ड ईभेन्ट प्रा लिले एसईई आईडलको तेस्रो संस्कारणको घोषणा गरेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रभात मिडियाका प्रबन्ध निर्देशक प्रकाश बहादुर छेडालले नयाँ संस्करण यहि असोज बाट अर्को सालको असार सम्म आयोजना हुने जानकारी गराए ।

सुपका ९ जिल्लाका २५ बढी स्थानहरुमा आयोजना अडिसनहरुमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८० बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८० असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin