१७ फाल्गुन २०८०, बिहीबार
बि प्लस नेपाल

दोस्रो लालझाडी अध्यक्ष कपको विजेता राना युथ क्लब-राजपुर

खबर सम्बाददाता १६ मंसिर २०८०, शनिबार
दोस्रो लालझाडी अध्यक्ष कपको विजेता राना युथ क्लब-राजपुर

लालझाडी गाउँ खेलकुद समितिको आयोजना लालझाडी गाउँपालिकाको समन्वयमा सर्वाधिक धनराशिको दोस्रो लालझाडी अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता २०८० आज १६ गते सनिबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश राना ,प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना ,विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा ,उप-मेयर द्रोपती राना , लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना,विशिष्ट अतिथी सु.प. खेलकुदका महासचिव कासिराम बोहरा , अतिथि लालझाडी गाउँपालिका का वडा नम्बर १ देखी ६ नम्बरका वडाध्यक्ष ,कृष्णपुर नगरपालिकाका वडा अध्यक्ष सबै, लालझाडी गा.पा.का कार्यपालिका सदस्य ,सुरक्षा निकायका प्रमुख लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

लालझाडी खेलकुद बिकाश समितीले प्रतियोगिता राना युथ क्लब राजपुर विजेता र लालझाडी गा.खे.स. उप-विजेता भएको छ । क्रमशः बिजेता र उप-बिजेताले नगद २ लाख ५५ हजार५ सय ५५ रुपैयाँ , १ लाख ५५ हजार५ सय ५५ रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । राना युथ क्लब राजपुरले ४ गोल र लालझाडी गा.खे.स. आयोजक १ गोल गरेको भनेर समितीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो।

यो दोस्रो अध्यक्ष कप खेलाडीहरुले अनुसासित भएर खेल खेलेका छन । यस खेलले लालझाडी गाउँपालिकालाई चिनाउन पनि मद्दत गरेको छ । खेलमा हार जित हुन्छ तर हार भएको भन्दैमा निराश हुनुपर्दैन र बिजेता उप-बिजेतालाई बधाई समेत प्रमुख अतिथी लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना पनि मन्तव्यमा व्यक्त गरेका हुन ।

उत्कृष्ट गोल रक्षक लोकेश चौधरी , सर्वाधिक गोलकर्ता गजेन्द्र विष्ट र हजार,उत्कृष्ट खेलाडी सन्दिप सिंहले रु. ५/५ हजार प्राप्त गरेका छन ।

सो प्रतियोगितामा २४ टिमको सहभागीता रहेको थियो । यस प्रतियोगितामा नेपालको पुर्व देखि पश्चिमका खेलाडीले खेल खेल्न अवसर पाएका हुन । लालझाडी दुर्गम क्षेत्र भएतापनी कंचनपुर जिल्लाको सार्वधिक धनराशीको खेल सम्पन्न गराउने सम्पुर्ण सहयोगीलाई धन्यवाद दिई सभापति संस्थाका अध्यक्ष प्रकाश रानाले मन्तव्य व्यक्त गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin