२९ मंसिर २०८१, शनिबार
बि प्लस नेपाल

रानाथारु समुदायको प्रथम ऐतिहासिक साहित्य सम्मेलन सम्पन्न

खबर सम्बाददाता २३ मंसिर २०८०, शनिबार
रानाथारु समुदायको प्रथम ऐतिहासिक साहित्य सम्मेलन सम्पन्न

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा २३ गते शनिबार प्रथम रानाथारु भाषा-साहित्य सम्मेलन -२०८० धनगढीको रुबस होटलमा कार्यक्रम संयोजक पदम रानाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा रानाथारुको संस्कृतिलाई प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले अन्य रानाथारुका कार्यक्रमहरु भन्दा फरक तरिकाले अतिथिहरुलाई सोफा , कुर्सीमा नबसाएर खटियामा बसाई स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्री मा. नारदमुनी राना , विशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृ भाषा(साहित्य) विभाग प्रमुख राजन मुकारुङ्ग , अतिथी नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना, नेपाल रानाथारु समाजका पुर्व अध्यक्ष तथा रानाथारु समुदायकि प्रथम पि.एच.डी होल्डर डा. जीवन राना, धनगढी उ.म.न.पा. कि उप-प्रमुख कन्दकला राना , कृष्णपु्र न.प. मेयर हेमराज ओझा , उप-मेयर द्रोपती राना , नेपाल तथा भारतका रानाथारु बुद्धिजिवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, इतिहास विद, भाषा विदहरुको सहभागितामा रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष नारायन रानाले व्यक्त गरेका थिए । कार्यक्रममा रानाथारुको संस्कृतिको कार्यपत्र डा. जीवन राना , रानाथारु इतिहासको कार्यपत्र डा. नरेश राना , रानाथारु भाषाको अवस्थाको कार्यपत्र कमल सिंह रानाले प्रस्तुत गरेका थिए ।

रानाथारु भाषाको पहिलो किताब(जगनकृत गितमाला) प्रकाशन गर्ने ब्याक्तित्व स्व: जगना राना , नेपाल रानाथारु समाजको संस्थापक स्व: लाल बहादुर राना , रानाथारु समुदायबाट पहिलो मन्त्री स्व: लबरु रानाथारुलाई मरणोप्रान्त सम्मान गरिएको थियो । नेपालकी रानाथारु समुदायबाट पहिलो पि.एच.डि. उपाधी प्राप्त गर्ने डा. जीवन रानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यक रचना बाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरण बारे गहन छलफल भएको छ । साथै लोक सांस्कृतिक प्रस्तुती एवं स्रष्टाहरुलाई सम्मान पनि गरेको भनेर कार्यक्रमका संयोजक पदम रानाले बताएका हुन ।

कार्यक्रम संचालन संस्थाका सचिव भानु प्रताप रानाले संचालन गरेका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin