७ जेष्ठ २०८२, बुधबार
बि प्लस नेपाल

पटेलामा माघ महोत्सव २०८० समापन

खबर सम्बाददाता १ माघ २०८०, सोमबार
पटेलामा माघ महोत्सव २०८० समापन

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेलामा माघ महोत्सव २०८० थारु सांस्कृतिक संग्रहालय व्यवस्थापन समितीको आयोजनामा धनगढी-७ का वडा अध्यक्ष मोती राना थारुको अध्यक्षतामा महोत्सव समापन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पुर्व वन तथा वातावरण मन्त्री मा. नारदमुनी राना , विशिष्ट अतिथी धनगढी उप-महानगरपालिका उप-प्रमुख कन्दकला राना , शिवनगर खानेपानीका अध्यक्ष राजेश खाती , वडा सदस्य , निवर्तमान वडा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि , थारु कलाकार , समाजसेवी ,बुद्धिजीवी , तथा स्थानीयको उपस्थितिमा कार्यक्रम समापन भएको छ ।

हामीले देवरिया पटेलाको बाटो बनाउनको लागि धेरै प्रयास गर्‍यौ तर रुख बढी भएका कारणले बाटो बन्न सकेन । हामीले जनताको टटबन्धनको कार्यक्रम, मनेहरा, बेलीको विद्यालय , जखौर तालमा , ४ लेनको सडकको बजेट अरुले हामी बजेट हाल्यौ हामी काम गर्‍यौ भनेर बन्छन तर ती मेरो ल्याएको बजेट हो भनेर प्रमुख अतिथी मा. पुर्व मन्त्री नारदमुनी रानाले मन्तव्य व्यक्त गरेका हुन ।

रानाथारु र थारु संग्रहालयमा समान खरिद गर्नको लागि २५ लाख बजेट बिनियोजन गरेका छौ । थारु रानाथारु र अन्य समुदायको सांस्कृतिक पोषक बनाउनको लागि तालिमको ब्यवस्था गरेका छौ । धनगढीका युवालाई स्वरोजगार बनाउनको लागि विभिन्न तालिमहरु संचालन गरिरहेका छौ भनेर धनगढी उप-महानगरपालिका उप-प्रमुख कन्दकला रानाले मन्तव्य व्यक्त गरेकी थिईन ।

पटेला थारु संग्रहालयको प्रचारप्रसार यहि कार्यक्रमबाट सुरुवात तपाईं हामीले गर्नुपर्छ । माघ महोत्सव हरेक वर्ष निरन्तर गर्ने भनेर धनगढी-७ का वडा अध्यक्ष मोती रानाथारुले बताएका हुन ।


मघौटा नाच र कलाकारहरुको बेजोड प्रस्तुति भएको थियो ।कार्यक्रम संचालन अनिल चौधरीले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin