कैलालीको धनगढीमा रहेको बिशाल एण्ड सुरेश टेडर्सकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मोती चोकमा रहेको टेडर्सले प्रणय दिवस तथा सरस्वती पूजाको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै टेडसले रक्तदानको आयोजना गरिएको बिशाल एण्ड सुरेश टेडर्सका प्रोपराइटर बिशाल रानाले बताए ।
युवा पुस्ताले रमाइलो गरेर मनाउने प्रणय दिवस फरक तरिकाले मनाएको र यस कार्यक्रममा ५० जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक भोजराज रानाले बताए ।