११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

कृष्णपुरमा लागु औषध तथा दुर्व्यसनी विरुद्धको जनचेतना मुलक अभियान

खबर सम्बाददाता ६ फाल्गुन २०८०, आईतवार
कृष्णपुरमा लागु औषध तथा दुर्व्यसनी विरुद्धको जनचेतना मुलक अभियान

कञ्चनपुर कञ्चनपुर को कृष्णपुर नगरपालिका वडा नं ६ Ridge academy को प्राङ्गण मा लागु औषध तथा दुर्व्यसनी विरुद्धको जनचेतना मुलक अभियान कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम मा कृष्णपुर युवा सञ्जाल का अध्यक्ष गणेश खड्का को अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि कृष्णपुर नगरपालिका की उपप्रमुख द्रोपती राना रहनु भएको थियो ,विशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य जय बहादुर विष्ट, वडा नं ७ का वडा अध्यक्ष घुम्मन् राना,युवा सञ्जाल का सल्लाहकार विष्णु सिंह खड्का ,कार्यपालिका सदस्य आरती बोहरा रहनु भएको थियो।

कार्यक्रम मा माध्यमिक विद्यालय का विद्यार्थी हरुले लागू औषध दुर्व्यसनी विरुद्धको जनचेतना अभियान सम्बन्धी नाटक देखाई वर्तमान समयमा भै गरेका ,र समाज मा हुने लागु औषध नियन्त्रण कसरी गर्ने बारे जानकारी गराउनु भएको थिए। पाँच विद्यालय ले लागू औषध सम्बन्धी नाटक देखाउनु भएको थियो।

कार्यक्रम मा प्रमुख अतिथि ले लागु औषध नियन्त्रण सम्बन्धी नाटक देखेर म धेरै भावुक भएको बताउनु भएको थियो,युवा सञ्जाल यो कार्यक्रम ले कृष्णपुर नगरपालिका मा सम्भवत लागु औषध सेवन कम हुने आशा गरेको नगर उपप्रमुख ले जानकारी गर्नु भएको थियो।कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय का शिक्षक शुभास् पन्त ले सञ्चालन गर्नु भएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin