५ बैशाख २०८२, शुक्रबार
बि प्लस नेपाल

धिरज र साम्राज्ञीको जोडीको ‘रुमानी’बाट कमब्याक, आर्यन बाहिरिए

समाचार संबाददाता १० फाल्गुन २०८०, बिहीबार
धिरज र साम्राज्ञीको जोडीको ‘रुमानी’बाट कमब्याक, आर्यन बाहिरिए

अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुमानी रंगहरु’बाट नायक आर्यन अधिकारी बाहिरिएका छन् । यो फिल्मको सुरुवातमा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका थिए । निर्माणपक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो । तर, अब यो फिल्ममा आर्यन नहुने पक्का भएको छ । 

आर्यन बाहिरिएपछि फिल्ममा नायक धिरज मगरको प्रवेश भएको छ । निर्माणपक्षले धिरजलाई कथा सुनाएपछि उनी प्रभावित भएका हुन् । यो फिल्ममा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ । 

फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ । यो फिल्मलाई रोमान्टिक कमेडी कथामा तयार गर्न लागिएको हो । 

साम्राज्ञी र धिरजले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए । यसपछि, यो जोडीको सर्वाधिक चर्चा पनि भयो । तर, फिल्म रिलिज भइसक्दा यी दुईको सम्बन्धमा दरार आएको थियो । यसपछि, यी दुईले एकसाथ काम गर्न सकेका थिएनन् ।

तर, अब भने दर्शकको सर्वाधिक डिमाण्डमा रहेका साम्राज्ञी र धिरज एकसाथ फिल्ममा देखिन लागेका हुन् । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin