२८ माघ २०८१, सोमबार
बि प्लस नेपाल

लालझाडीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम

खबर सम्बाददाता ११ फाल्गुन २०८०, शुक्रबार
लालझाडीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम

राष्ट्रिय कार्यक्रम अनुरूप सञ्चालन हुन लागेको दादुरा रुबेला खोप सम्बन्धी कञ्चनपुरको लालझाडीमा पनि व्यापक तयारी भइरहेको छ । लालझाडी गाउँपालिका स्वास्थ्य शाखा स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम गरी दादुरा रुबेला खोप सम्बन्धी जानकारी गराइएको छ ।

यसैक्रममा शुक्रबार लालझाडी गाउँपालिका र स्वास्थ्य केन्द्रमा दादुरा रुबेला खोप अभियान २०८० सम्बन्धी सरोकारवालाहरूसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ । लालझाडी गाउँपालिका कार्यालयको सभाहलमा सञ्चालित पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा लालझाडी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र चौधरी ले राष्ट्रिय कार्यक्रम अनुरूप लालझाडी गाउँपालिका कार्यालय स्वास्थ्य शाखाले समेत खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । फागुन १३ गतेदेखि फागुन २३ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा लालझाडी गाउँपालिका को ६ वडाका ३३ स्थानबाट खोप प्रदान गरिने छ ।

९ महिनादेखि १५ वर्षमुनिका करिब १५ हजार बालबालिकालाई खोप दिइने छ । त्यस्तै,कञ्चनपुरमा ३८ जना बालबालिकामा दादुरा–रुबेला रोग देखिएपछि पूर्ण निर्मलका लागि अभियान नै सञ्चालन गर्नुपरेको छ । विद्यालय तथा नियमित खोप केन्द्र मार्फत खोप सञ्चालन गरिने छ ।

परिवार सहित आउने भारतीय बालबालिका, जो इँटा उद्योग सहितका विभिन्न उद्योगमा काम गर्दै आएका छन्, ती बालबालिका खोपबाट वञ्चित हुने अवस्थामा जोखिम कायमै रहेकोले अभियानमा लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप दिनु अनिवार्य छ भनी लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना ले जानकारी गर्नु भएको थियो। लालझाडी गाउँपालिका कार्यालयले दादुरा रुवेला रोग विरुद्धको राष्ट्रिय खोप अभियानका लागि सहयोग गर्न सबैलाई आव्हान गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin