१९ बैशाख २०८१, बुधबार
बि प्लस नेपाल

स्व. केशव बोहराको स्मृतिमा प्रथम क्षेत्र नम्बर १ स्तरीय सितोरियो कराँते प्रतियोगिता हुने

खबर सम्बाददाता २३ चैत्र २०८०, शुक्रबार
स्व. केशव बोहराको स्मृतिमा प्रथम क्षेत्र नम्बर १ स्तरीय सितोरियो कराँते प्रतियोगिता हुने

कञ्चनपुरको बेलौरी नगरपालिका वडा ६ मा घर भई नेपाल प्रहरीमा रहँदा टिकापुर घटनामा वीरगति प्राप्त प्रहरी नायव उपरीक्षक स्वर्गीय केशव बोहराको स्मृतिमा आउँदो बैशाख ४ गते क्षेत्र नम्बर १ स्तरीय सितोरियो कराँते प्रतियोगिता गर्ने तयारी भइरहेको छ । शुक्रबार बेलौरीमा पत्रकार सम्मेलन गर्दै चैत्राष्टमीको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर ६ वडा खेलकुद समितिको आयोजनामा बैशाख ४ गते कञ्चनपुर क्षेत्र नम्बर १ स्तरीय सितोरियो कराँते प्रतियोगिता गर्ने जानकारी दिइएको छ । 

बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता गराइने वडा नम्बर ६ खेलकुद समितिका अध्यक्ष केशव बोहराले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रवेश शुल्क प्रति खेलाडी रु. ३ सय तोकिएको छ । प्रथम र द्वितीय हुने खेलाडीलाई पुरस्कारका रूपमा आकर्षक शिल्ड र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी, स्वर्गीय बोहराका बुवा प्रेम सिंह बोहरा, बेलौरी खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपाने लगायतको समेत उपस्थिति रहेको थियो । 

२०७२ साल भदौ ७ गतेका दिन सीमाङ्कनको विरोधमा आन्दोलनरत थरुहट।थारुवान् संयुक्त सङ्घर्ष समितिले कैलालीको टिकापुर स्थित सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रम थियो ।  तर, निषेधाज्ञा तोडेर आन्दोलनकारी अघि बढेपछि आन्दोलन हिंसात्मक बन्न पुगेको थियो । सोही घटनामा कर्तव्य पालनाको सिलसिलामा बोहरा पनि वीरगति प्राप्त गर्नुभएको हो । स्वर्गीय बोहराको स्मृतिमा विगतका वर्षदेखि नै वृक्षारोपण लगायतका कार्यक्रम हुँदै आएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin