कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १३ स्थित राजपुरमा राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना र संस्थाका अध्यक्ष नारायण रानाको अध्यक्षतामा रानाथारु सांस्कृतिक महोत्सव-२०८१ को बैशाख १ र २ गते हुने महोत्सवको सु.प. प्रदेश प्रमुख नजिर मियाँ भब्यताका साथ उद्घाटन गरेका हुन ।
नेपालमा रानाथारु छुट्टै कला र संस्कृति भएको समुदाय हो र यो नेपालको एउटा गहना पनि हो । यो रानाथारु समुदायले राष्ट्र र राष्ट्रका लागि टेवा पुर्याउने छ भनेर विश्वास गरेको छु । अहिले सु.प. प्रदेशमा लागू औषध धेरै भएको हुनाले यो लागू औषध विरुद्ध विषयमा महोत्सव संचालन गरेको छ खुसी लागेको छ र यश विषयलाई न्यूनीकरण गर्न हामी सबै मिलेर जानुपर्छ भनेर प्रमुख अतिथी सु.प. प्रदेश प्रमुख नजिर मियाँले बताएका हुन ।
कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा , धनगढी-१३ का वडा अध्यक्ष विजय राज जोशी , धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , लालझाडी खेलकुद समितिका अध्यक्ष प्रकाश राना , रानाथारु युवा समाजका अध्यक्ष नवराज राना , राजपुरका भलमन्सा भोजराम रानाले शुभकामना मन्तव्य व्यक्त गरेका हुन । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष साबु रानाले व्यक्त गरेका हुन ।
कार्यक्रममा गायक राम आशरे राना , समाजिक अभियन्ता भोजराज राना , र सु.प. प्रदेशका उत्कृष्ट कृषक आशरे बडायक सम्मानित भएका हुन ।
महोत्सव १ र २ गते राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित संचालन हुने भनेर नारायण रानाले बताएका हुन ।
ह