२३ बैशाख २०८१, आईतवार
बि प्लस नेपाल

कञ्चनपुर को लालझाडी गाउँपालिकामा क्षय रोग मुक्त अभियान

खबर सम्बाददाता ११ बैशाख २०८१, मंगलवार
कञ्चनपुर को लालझाडी गाउँपालिकामा क्षय रोग मुक्त अभियान

कञ्चनपुर को लालझाडी गाउँपालिकामा क्षय रोग मुक्त अभियान कार्यक्रमको पालिका स्तरिय सुक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। यस अघि प्रतेक वडामा वडा स्तरीय समिति गठन भइसकेकोक्षय रोग मुक्त अभियान संयोजक विकास डगौरा ले जानकारी गर्नु भएको थियो क्षयरोग प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहँदै आएको छ ।


सन् २०१८।१९ मा सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेको नतिजा अनुसार ६९ हजार नयाँ क्षयरोगका बिरामीहरू रहेको अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७८।७९ मा ३७ हजार ८६१ जना (५४%) बिरामीहरूको रोग पत्ता लागी उपचारमा भर्ना भएका थिए भने बाँकी क्षयरोगका बिरामीहरूको रोग पत्ता लगाउनु र पत्ता लागिसकेकाहरूलाई उपचारको दायरामा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि एक चुनौती रहेको छ । त्यसै गरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपाल औषधी प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशहरूमध्येमा पर्दछ ।


यसै अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको पञ्चवर्षीय राष्ट्रिय क्षयरोग रणनीतिक योजना (२०२१।२२-२०२५।२६) मा एक नवीनतम कार्यको रूपमा क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरिएको छ । आर्थिक वर्ष २०७८।७९ मा २५ वटा स्थानीय तहहरूबाट क्षयरोग मुक्त नेपाल अभियान सुरुवात गरी आर्थिक वर्ष २०८०।८१ मा थप १०० वटा स्थानीय तहहरूमा यस अभियानलाई विस्तार गरिँदै छ ।
जस अन्तर्गत कञ्चनपुरको लालझाडी गाउँपालिका पनि पर्दछ । गत फागुनमा क्षयरोग कार्यक्रम संयोजक नियुक्त गरी लालझाडी गाउँपालिकामा पनि यो अभियान सुरु भएको लालझाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दशरथ रानाले जानकारी दिनुभयो । अभियानको पहिलो चरणमा स्थानीय जनप्रतिनिधिहरूलाई उक्त कार्यक्रम सम्बन्धी अभिमुखीकरण गरिएको थियो भने चैत महिनामा प्रत्येक वडाहरूमा सूक्ष्म योजना तर्जुमा गरिएको लालझाडी गाउँपालिकाका क्षयरोग कार्यक्रम संयोजक विकास डगौराले बताउनु भयो ।

उहाँका अनुसार, गत चैत ११ गते ( 24 March 2024) का दिन विश्व क्षयरोग दिवसका अवसरमा अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । सोही अभियान अन्तर्गत बैशाख १० गते सोमबार वडा स्तरीय सूक्ष्म योजनाको समीक्षा तथा पालिका स्तरीय सूक्ष्म योजना तर्जुमा गोष्ठी गरिएको छ । श‌ङ्करपुर स्वास्थ्य चौकीको सभा हलमा आयोजित उक्त गोष्ठीलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले क्षयरोग मुक्त अभियान सफल पार्न सबै पक्षको सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले लालझाडीमा सो अभियानलाई तीव्रता दिइने समेत बताउनु भयो । कार्यक्रममा सहभागी अध्यक्ष सहितका जनप्रतिनिधिहरू, शिक्षक, स्वास्थ्यकर्मी, नागरिक समाज, युवा, राजनीतिकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, समाजसेवी र सरोकारवालाहरूले लालझाडीलाई क्षयरोग मुक्त पालिका बनाउन ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्दै प्रतिबद्धता जनाउनु भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin