कैलालीको धनगढी उप-महानगरपालिका वडा नं १५ स्थित कनरीमा बड्का भजहर भगैना कार्यक्रम २०८१ कनरी भलमन्सा समितिको आयोजना र अस्रानी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी धनगढी-१५ का वडा अध्यक्ष सुकदेव राना , विशिष्ट अतिथी कार्यपालिका तथा वडा सदस्य सुष्मा चौधरी , गुरुवा जग नारायण चौधरी , कोशिश कैलालीका अध्यक्ष तथा शिक्षक मनोज चौधरी , विभिन्न संघ संस्थाका प्रतिनिधि , गाउँबासी , बुद्धिजीवी , समाजसेवीको उपस्थिति रहेको थियो ।
भजहर कार्यक्रममा खुसी लागेको छ परम्परा गत मनाउदै आइरहेको संस्कृतिलाई समेटेका छौ । देवि देवतालाई मानेर यो भजहर कार्यक्रम भैरहेको छ । अहिले हामीले धेरै परम्परा छाडिसकेका छौ । नाच गान छाडिसकेका छौ म्युजिकमा गाना बजाएर नाच गर्ने दिन आइसकेका छन ।
आफ्नो संस्कृतिलाई न बिर्सनु पर्ने भनेर प्रमुख अतिथी धनगढी-१५ का वडा अध्यक्ष सुकदेव रानाले बताएका हुन ।
पहिले भजहरमा गाउँबासिको धेरै कम संख्यामा भेला हुन्थ्यो तर अहिले धेरै संख्यामा भेला हुने रहेछ यो खुसिको कुरा हो । हामिले भजहरमा गाउँ समुदायमा बसोबास गर्ने व्यक्तिहरुलाई चिन्न सक्छौ । दिदिबहिनीहरु सबै सक्षम बन्नुपर्छ भनेर कनरी भलमन्सा समितीले पनि महिला अगाडि बढ्ने उद्देश्य राखेको छ भनेर कार्यपालिका सदस्य सुष्मा चौधरीले मन्तव्य व्यक्त गरेकी हुन ।
खेतीपातिमा किरा लाग्ने बिरामी हुने भएकोले भजहर भगाउने गर्दछौ र यो निरन्तर पुर्खौली चलनबाट कनरीमा गर्दै आईरहेको र भजहर किन मनाउने भनेर विशिष्ट अतिथी गुरुवा जग नारायण चौधरीले स्पष्ट रुपमा मन्तव्य व्यक्त गरेका हुन ।
कार्यक्रममा नाछ गान सहित कबड्डि खेल पनि भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी चौधरीले व्यक्त गरेकी हुन र कार्यक्रम संचालन करिश्मा चौधरीले गरेकी हुन ।