राष्ट्रिय माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ०८० लालझाडी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याएको भानु माध्यामिक विद्यालय र आधारभूत तह कक्षा ८ मा पालिकामै उत्कृष्ट नजिता ल्याउने लालझाडीको सिद्धनाथ बैजनाथ आधारभूत विद्यालयलाई बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले आर्थिक सहयोग गरेको छ ।
असार ३१ गते सोमबारका दिन लालझाडी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष आशाराम राना , बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लछुवा राना , भानु मा.वि. का अध्यक्ष प्रकाश राना , सिद्धनाथ बैजनाथ आ.वि.का अध्यक्ष , भानु मा.वि. का प्र।अ वेद प्रशाद उपाध्याय , समाजसेवी जगदिश रानाको उपस्थिति रहेको थियो ।
भानु माध्यामिक विद्यालयका अध्यक्ष प्रकाश रानाले बैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विद्यालयमा फर्निचर खरिदका लागि नगद ५० हजार सहयोग गरेको बताए । अध्यक्ष रानाका अनुसार भानु माविका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम, उपभोक्ताका बालबालिकालाई कोचिङ कक्षा व्यवस्था, जेहेन्दार विद्यार्थीलाई पुरस्कार वितरण गर्ने बताए ।
बैजनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लछुवा रानाले स्थानीय विद्यार्थीहरुको शैक्षिक सुधारका लागि आर्थिक सहयोग गरेको बताएका छन ।