११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला

खबर सम्बाददाता ३० भाद्र २०८१, आईतवार
बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला

धनगढी : कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए । उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन् । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यस्तै, भजनी नगरपालिका-८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन् । शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जम्मा भएको ठाउँमा लड्दा डगौराको मृत्यु भएका जस्तो देखिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भने भइरहेको प्रहरीको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin