७ जेष्ठ २०८२, बुधबार
बि प्लस नेपाल

बेलौरीमा नेपाल संवत ११४५ को शु-अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

खबर सम्बाददाता १४ कार्तिक २०८१, बुधबार
बेलौरीमा नेपाल संवत ११४५ को शु-अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल सम्वत ११४५ को अवसरमा नेवा: देय् दबु जिल्ला कार्यसमिति कञ्चनपुरको आयोजनामा बुधबार लाखे नाच सहित पछिको प्रभातफेरी गरे पश्चात बेलौरी उद्योग संघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापति नेवाःदेय् दबु जिल्ला कार्य समिति अध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि नेवाःदेय् दबु केन्द्रिय कार्य समिति एवं प्रदेश कार्य समिति संयोजक विजेन्द्र कायस्थ, अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भूल,नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख टंकराज गिरि, सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्म बेलौरीका प्रमुख सन्दिप अर्याल लगायत संचारकर्मीको उपस्थिति रहेको थियो।

राष्ट्रिय एकताको संस्कार नेपाल सम्वतको आधार भन्ने मूल नाराका साथ राष्ट्रिय विभूति शङ्खधर शाख्वा द्वारा नेपाली जनताको ऋणमोचन गरी नेपाल देशको नाम स्थापना गरी गरिएको नेपाल सम्वत यही कार्तिक १६ बाट नेपाल सम्बत ११४४ सम्पन्न भई कार्तिक १७ गते बाट११४५ को शुभारम्भ हुने  अवसरमा नेवाःदेय् दबु जिल्ला कार्य समिति द्वारा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको जिल्ला कार्यसमिति अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिँदै नेपाल संवतलाई सबै जातजातीहरुले मनाउनुपर्नेमा जोड दिनुभयो।शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, विशेष झाँकी प्रस्तुति गरिएको थियो। कार्यक्रमको सञ्चालन मिरा श्रेष्ठले गर्नुभएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin