११ माघ २०८१, शुक्रबार
बि प्लस नेपाल

लालझाडीका बडायक दम्पतीकाे हत्या आराेपमा एक जना पक्राउ

खबर सम्बाददाता २० मंसिर २०८१, बिहीबार
लालझाडीका बडायक दम्पतीकाे हत्या आराेपमा एक जना पक्राउ

कञ्चनपुरकाे लालझाडी गाउँपालिका- १ का  ४५ वर्षीय रमेश बडायक दम्पतीकाे हत्या आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

९  कार्तिकमा धारिलाे हतियार प्रहार गरि बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेकाे अवस्थामा घरमै शव भेटिएको थियाे ।

उनीहरूकाे हत्यामा संलग्न भएकाे पाइएपछि लालझाडी गाउँपालिका-२ बस्ने ५० वर्षीय गंगाराम रानालाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जाेशीले जानकारी दिए ।

उनकाअनुसार रानालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक बयानका क्रममा रानाले बडायक दम्पतीकाे हत्या गरेकाे स्वीकार गरेका छन् ।

८ कार्तिककाे राति मदिरा सेवन गरेर बडायककाे नास्ता पसलमा पुगेका रानाले मदिरा नदिएकाे निहुँमा आवेशमा आएर धारिलाे हतियार प्रहार गरि हत्या गरेकाे बयान दिएका छन् ।

“एक क्वाटर दिनुहोस् भनेर बडायककाे पसलमा पुगेकाे थियाे । उनले छैन् भनेर तथानाम गर्दै ममाथि हातपात गरे,” रानाले बयानमा भनेका छन्, “तलाई देखाउँछु भनेर हान्ने चिज खाेज्दै थिए । त्यही बेला नजिकै काठकाे डन्डा पाएपछि बडायकलाई हिर्काएर बेहाेस् बनाए । त्यसपछि त्यही भेटिएको धारिलो हतियारले प्रहार गरे ।”

बडायककाे हत्यापछि घरकाे बरण्डामा झुलभित्र सुतिरहेकी उनकी श्रीमतीको पनि हत्या गरेकाे रानाले बताएका छन् ।

कञ्चनपुर प्रहरीले याे घटनामा प्रदेश प्रहरी कार्यालयसँगै नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे सीआईबीकाे टाेलीसँग पनि प्राविधिक सहयोग मागेकाे थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin