७ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

रानाथारु समुदायमा सुचिकृत दिवसको अवसरमा निबन्ध प्रतियोगिता हुने

खबर सम्बाददाता १९ माघ २०७७, सोमबार
रानाथारु समुदायमा सुचिकृत दिवसको अवसरमा निबन्ध प्रतियोगिता हुने

कैलाली तथा कंचनपुरका रानाथारु आदिवासीहरुले आफ्नो जाती सुचिकरण भएको अवसरमा पहिलो सुचिकृत दिवसको रुपमा विविध कार्यक्रम सहित धूमधाम मनाउने तयारी गरेका छन । बर्षौंको संघर्ष पछि नेपालको सुदूरपश्चिम प्रदेशका आदिवासी रानाथारु जातिलाई गत बर्ष २०७६ माघ २० गते बसेको मन्त्रिपरिषद्को निणर्यले आदिवासी सुचिकृतको रुपमा सुचिकरण गरेको हो । बर्षदिनको सो अवसरमा समुदायले सप्ताहब्यापी विविध कार्यक्रम सहित सुचिकरण दिवस मनाउने तयारी गरेको छ । सो माघ २० गते साँझ दिप प्रज्वलन सहित विविध कार्यक्रम गर्ने तयारी रहेको कुरा नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाले जानकारी गराउनु भएको छ । सुचिकरण दिवसकै अवसर पारेर रानाथारु उत्थान समन्वय मञ्चले विविध कार्यक्रम गरी भव्यरुपमा पुनर्वास नगर पालिका वडा नं। ५ स्थिती भिमसेन बाबा मन्दिरको प्रङ्गण, सिमरी गाउँमा माघ २३ गते “रानाथारु समुदायके समग्र विकासके ताहीँ सुचिकृतको महत्व” शिर्षकमा निवन्ध प्रतियोगिता सहित कार्यक्रम गर्ने भएको छ साथै रानाथारु समुदाय, जातिय, उत्थानको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले समेत विविध कार्यक्रम सहित सुचिकृत दिवस मनाउने भएका छन । ©कैलाली कंचनपुरका राना थारु समुदाय भित्रका प्रतियोगी सहभागी हुना पाउने छन ।

प्रतियोगिताका नियमहरु :.

© कक्षा ११ देखि स्नातकोत्तर सम्मका प्रतियोगिहरु समावेश हुना सक्ने छ्न ।

© लेख हस्तलिखित हुनु पर्ने छ ।

© पाठ्यक्रम विकास केन्द्र्ले निर्धारण गरेको राना थारु मानकका आधारमा लेख्नु पर्ने छ । @ लेख राना थारु भाषामा लेख्नु पर्ने छ ।

© उत्कृष्ट ३ ओटा लेखलाइ प्रथम,दृतिय र तृतीयलाई नगद पुरस्कार सहित सम्मान गरिने छ ।

© लेख यहि मिति २०७७ माघ २३ गते १० बजे भित्र पठाइ सक्नु पर्ने छ ।

© लेखको मुल्यांकन मुल्यांकन समितिको निर्णय नै अन्तिम मानिने छ ।

© लेख पठाउने ठेगाना राना थारु उत्थान समन्वय मंच पुनर्वास नगरपालिका सचिव श्री तिर्थ राज राना कहाँ पठाउन सक्ने छ्न ।

अन्य सम्पर्क नम्बर : 9812702547, 9848476897

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

69 Shares
Tweet
Share69
Share
Pin