२७ माघ २०८१, आईतवार
बि प्लस नेपाल

युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोली द्धारा बेहडाबाबा बिद्यालयमा न्यानो कपडा वितरण

खबर सम्बाददाता १७ पुष २०८१, बुधबार
युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोली  द्धारा बेहडाबाबा बिद्यालयमा न्यानो कपडा वितरण

धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको बेहडाबाबा आधारभुत बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै आज धनगढी १२ जुगेडा डि गाउँमा रहेको बिद्यालयका १ सय ३७ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यस अभियान अन्तर्गत चिसो मौसममा कसैलेपनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले बेहडाबाबा आधारभुत बिद्यालयका १ सय ३७ जना बिद्यार्थीहरुलाई स्वूटर र टोपी वितरण गरेको उनले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र आश्रित बालबालिका तथा बिपन्न बिद्यार्थी पढ्ने बिद्यालय हरुमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

यस अघी भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयमा अध्यायनरत ५० बिद्यार्थीहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिएको थियो । बिद्यालयले छनौट गरेका बिपन्न बिद्यार्थीहरुलाई सो समान उपलब्ध गराएको थियो । यसका साथै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शिव पावर्ती आधारभुत बिद्यालयमा अध्यायनरत ६० जना बालबालिकाहरुलाई झोला, स्वूटर र टोपी वितरण गरिसकेको छ । यसका साथै आमाको माया छात्रबासमा कम्बल सहयोग गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin