कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित बेली स्वास्थ्य प्रवर्द्धन केन्द्रको आयोजनामा एच.पि.भि. (ह्यूमन प्यापिलोमा भाइरस) खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम ७ नं का वडा अध्यक्ष मोती रानाथारुको सभाध्यक्षता सम्पन्न भएको छ ।
कार्यक्रममा धनगढी-७ का वडा सदस्य बिक्रम खाती ,बासु राना , सरस्वती चन्द , इन्द्रा लोहार ,वडा सचिव , प्र.अ. , शिक्षक , स्वास्थ्यकर्मी , भलमन्सा तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एच.पि.भि. खोपको महत्त्व, यसको प्रभावकारिता, र बालिकाहरूलाई यो खोप किन आवश्यक छ भन्ने विषयमा विस्तृत जानकारी दिएका हुन । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भि. खोप अत्यन्त प्रभावकारी मानिन्छ । यसले किशोरावस्थाका बालिकाहरूलाई भविष्यमा क्यान्सरको जोखिमबाट बचाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका हुन । खोप अभियानमा ८ वटा विद्यालयहरु खोप केन्द्रहरुमा खोप संचालन हुने र ६०० भन्दा बढी किशोरीहरुलाई एच.पि.भि. खोप लगाउने तयारी गरेका छौ भनेर बेली स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख जयकला रावलले व्यक्त गरेका हुन ।
कार्यक्रम शिक्षकहरुलाई यहि माघ २३ गतेदेखि २८ गतेसम्म खोप अभियानमा बिद्यालयमा विद्यार्थीहरुलाई खोप लगाउन प्रोत्साहित गर्न आग्रह पनि गरेका हुन । यस वडामा एच.पि.भि. को जाँच नि:शुल्क रुपमा स्क्रीनिङ्गको ब्यवस्था रहेका छ । सहभागीहरूले खोप अभियानलाई प्रभावकारी बनाउँदै बिद्यालयमा पढ्ने ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थी तथा १० वर्षदेखि १४ वर्षसम्मका प्रत्येक लक्षित किशोरीसम्म पुग्नका लागि सबै शिक्षक , भलमन्साले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने छ । एच.पि.भि. खोप १ पटक लगाइसकेपछी अर्को पटक लगाउन आवश्यक छैन ।
कार्यक्रममा बेबि वार्मर मेसिन सहयोग गर्ने सनलाईट रियलस्टेट प्रा.ली का संचालन राम निवास राना , मनेहरा र बेली सामुदायिक वन उपभोक्ता समुहले नगद रकम सहयोग गर्ने संस्थालाई बेली स्वास्थ्य प्रवर्द्धन केन्द्रले सम्मान गरेको थियो । कार्यक्रममा सहयोगी रानाले एक जनाले सहयोग गरेर कुनै संस्थाको विकास हुदैन , हामी सबैले एकजुट भएर स्वास्थ्य रहनका लागि सहयोग गर्न आग्रह गरेका हुन ।
हामी एच.पि.भि. खोपमा आफ्ना विद्यालयका किशोरीहरुलाई सहभागीता गराउन आवश्यक सहयोग गर्नेछौ भनेर शिक्षकको तर्फबाट सरस्वती मा.वि. का प्र.अ. ज्ञानेन्द्र शाहले प्रतिबद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा एच.पि.भि. खोपमा हाम्रो वडामा रहेका किशोरीहरुले सहभागी हुनको लागि सरोकारवालालाई अनुरोध गरेका हुन । यो खोप सुरक्षीत छ सबैले सहभागीता भएर खोप लगाउनुपर्छ भनेर ७ नं वडा अध्यक्ष मोती रानाले बताएका हुन ।