२७ माघ २०८१, आईतवार
बि प्लस नेपाल

रानाथारु समुदायले मनाए पाचौं रानाथारु सूचीकरण दिवस , पन्ध्र अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

खबर सम्बाददाता २१ माघ २०८१, सोमबार
रानाथारु समुदायले मनाए पाचौं  रानाथारु सूचीकरण दिवस , पन्ध्र अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारु समुदायले पाचौं रानाथारु सूचीकरण (पहिचान) दिवस मनाएको छ ।

नेपाल रानाथारु समाजको आयोजनामा शनिबार धनगढी उपमहानगरपालिकामा एक कार्यक्रम गरि रानाथारु सूचीकरण(पहिचान) दिवस मनाईएको हो ।

पुर्व बन तथा बाताबरण मन्त्री नारदमुनी रानाको प्रमुख आथित्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य कृपा राम राना तथा धनगढी उपमहानगरपालिकाकि उप प्रमुख कन्दकला राना रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल रानाथारु समाजका अध्यक्ष कमल सि रानाले गरेका थिए ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा रानाथारु समुदायका १५ जना अन्तर्राष्ट्रिय खेलाडीहरु लाई सम्मान तथा रानाथारुको संस्कृति झल्किने सांस्कृतिक प्रर्दशनी समेत गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका पालामा ५ वर्ष पहिले ( २०७६ माघ २० गते ) सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा मुल बासोबास गर्दै आएका आदिवासी रानाथारु जातिको सूचीकरण गरिएको थियो ।सूचीकरणपछि आफुहरुको पहिचान खुलेको तथा अधिकार प्राप्तिको ढोका खुलेको भन्दै रानाथारु जाति तथा समुदायले माघ २० गतेका दिनलाई सोही वर्षदेखि सूचीकरण दिवस मनाउँदै आएको नेपाल राना थारु समाजका अध्यक्ष कमल सिं रानाले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व बन तथा बाताबरण मन्त्री रानाले सूचीकरण दिवसको शुभकामना दिनु भयो । उनले रानाथरु समुदाय एक जुट हुन नसकेको भन्दै यसलाई दुखित खबर बताए । नेपाल रानाथारु समाजको २ समितिले समुदाय नै समस्या हुने भन्दै यसमा दुबै समिती ले कम्प्रोमाइज गर्नु पर्ने बताए ।

कार्यक्रमक बिशिस्ट अतिथि तथा संविधान सभा सदस्य कृपा राम रानाले रानाथारु सूचीकरण मात्र भएको छन । समुदाय को हक र अधिकारको लडाइँ अझै बचेकोले यसका लागि एक जुट हुनुपर्ने जिकिर गरे ।

त्यस्तै धनगढी उपमहानगरपालिका कि उपप्रमुख कन्दकला रानाले समुदायको बिकासका लागि आफू लागि परेको बताइन् । समाजको मेरुदण्ड युवा रहेकोले युवा केन्द्रित कार्यक्रम धनगढी उपमहानगरपालिका गरि रहेको । रोजगार तथा सीप मुलक तालिम अगामी फागुन देखि सन्चालन हुने जानकारी गरिन ।

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष माधब राज राना , १५ का अध्यक्ष सुकदेव राना, १० का अध्यक्ष शिव कुमार राना , ७ क अध्यक्ष मोति राम राना , विभिन्न गाउँका भलमन्सा , बुद्धिजीवी , समाजसेबि कैलाली र कंचनपुरका अगुवा हरुको उपस्थिति रहेको थियो ।

समाजशास्त्री डा ओम गुरुङ संयोजकत्वमा विसं २०६५ सालमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलको प्रतिवेदनका आधारमा सो समुदायलाई सूचीकृत गरिएको थियो ।

कैलाली कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारु जातिको छुट्टै पहिचान रहिआएको छ । भाषा, कला, संस्कृति, चाडपर्व, पहिरन, गहनालगागत छुट्टै पहिचान छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin