धनगढीमा रहेको भगवती राष्ट्रिय आधारभूत विद्यालयले धुमधामका साथ सरस्वती पूजा मनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेकोे विद्यालयले सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यताका साथ सरस्वती पुजा मनाएको हो ।
विद्यालयले आगामी शैक्षिकसत्र २०८२/०८३ देखि मन्टेश्वरी प्रबिधिमा अंग्रेज़ी मध्यम बाट पठनपाठन गर्ने विद्यालयका प्र अ राम कृष्ण रानाले बताए ।यसका लागी आजै देखि अक्षराम्भ गरेको छ ।
विद्यालयले सास्कृतिक कार्यक्रम पनि गरेको छ । विद्यार्थीहरुले विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रमका बीच विभिन्न प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने बिद्यार्थी हरु लाई सम्मान गरिएको छ ।
त्यस्का सथै विद्यालय लाई सहयोग गर्ने विभिन्न ब्याक्तित्व र सस्था लाई पनि सम्मान गरिएको छ ।
सरस्वती पुजामा सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभइ सरस्वती पूजाको दिनबाट पढाइ लगावप्रति संकल्प गर्नुपर्ने जानकारहरु बताउँछन्।