कञ्चनपुरमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण जारी छ।
जारी खेलको आज सातौं दिनमा तीन ओटा खेल भएका छन् ।जसमध्ये पहिलो खेल भेट्रान तर्फको सेमीफाइनल खेल रहेको थियो ।
भेट्रान तर्फको सेमीफाइनल खेलमा लालझाडी -०४ को भेट्रान टीम १/० गोलको अन्तरले लालझाडी -०३ लाई हराउँदै फाइनल पुग्न सफल भएको हो,भने उक्त खेलमा म्यान अफ द म्याच गोलकर्ता चमरु राना भए ।
युवा तर्फको खेलमा बेलडाँडी -०१ ले २/० गोलको अन्तरले p-27 कृष्णपुर -०३ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ, र उक्त खेलका म्यान अफ द म्याच २ गोल गरेका भूपेन्द्र बोगटी भएका हुन्।
युवा तर्फको दोस्रो खेल अथवा आज भएको अन्तिम खेलमा लालझाडी ०४ र बेलौरी ७ सिंहपाल एफसी दुबै टिम निर्धारित समयमा १/१ गोल गरि अन्तिममा दुबै टीम बीच पेनाल्टी सुटआउट भएको हो ।जसमा लालझाडी -०४ (५/४) को अन्तरले बेलौरी सिंहपाललाई हराएर जित्न सफल भएको छ भने, म्यान अफ द म्याच अबिनाश एडि भए हुन् ।