धनगढी, कैलाली – धनगढी उपमहानगरपालिका वडा नं. १७ मा आँगनबारी महिला कृषक समूहको आयोजनामा तथा १७ नं वडा कार्यालयको आर्थिक सहयोगमा रानाथारु समुदायको होरी मिलन कार्यक्रम रामकली रानाको सभाध्यक्षतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा. जीवन रानाले रानाथारु समुदायको सांस्कृतिक महत्वलाई उजागर गर्दै स्थानीय स्तरमा सामाजिक एकता र सांस्कृतिक जगेर्ना गर्नुपर्ने र लागु औषधलाई न्यूनीकरण गर्नका लागि आफ्नो बालबालिकालाई ध्यान दिनुपर्ने भनेर मन्तव्य व्यक्त गरेकी हुन ।
कार्यक्रममा धनगढी १७ नं वडा अध्यक्षले संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताएका हुन । २०७४ सालमा निर्वाचित भएपश्चात विकास निर्माणको कार्य भएको र अगामी दिनमा सांस्कृतिक भव्य कार्यक्रमको आयोजना गर्न बजेट विनियोजन गर्ने भनेर बताएका हुन ।
कार्यक्रममा धनगढी-१५ का वडा अध्यक्ष सुकदेव राना , ७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , धनगढी-१३ र ७ का वडा सदस्य , नेपाल रानाथारु समाज केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि राना लगायत स्थानीय जनप्रतिनिधि, कृषक, संस्कृति प्रेमी तथा अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले रानाथारु समुदायको परम्परागत नृत्य, गीत तथा संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो भने राष्ट्रिय गायिका लक्ष्मी रानाको बेजोड प्रस्तुति रहेको थियो ।
आयोजकको तर्फबाट मन्जु रानाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन वडा संग सहयोगको अपेक्षा गरेको भनेर स्वागत मन्तव्य व्यक्त गरेकी हुन ।