२४ बैशाख २०८१, सोमबार
बि प्लस नेपाल

शेयर बजार फेरि घट्यो, दुई अर्बमा समेटियो कारोबार

खबर सम्बाददाता १० बैशाख २०८१, सोमबार
शेयर बजार फेरि घट्यो, दुई अर्बमा समेटियो कारोबार

शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । हिजो दोहोरो अंकले बढेको बजार आज दोहारो अंकले नै ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४१ अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०२ अंकमा ओर्लिएको छ ।

आज म्यूचुअल फण्डबाहेक अरु राताम्मे भएका छन् । म्यूचुअल फण्ड ०.०५ प्रतिशतले बढ्दा सबैभन्दा बढी वित्त समूह २.१० प्रतिशतले घटेको हो ।  ३२० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता शेयर किनेबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५.१९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

समग्रमा बजार घटे पनि पिपिल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी ६.९१ प्रतिशतले नाफा कमाएका छन् ।  त्यस्तै दोल्ती पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ७।३७ प्रतिशतले घाटा व्यहोरेका छन् ।  गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ११ करोड ५४ लाख ७९ हजार ३ सय ४७।२० रुपियाँ बराबरको कारोबार भएको छ । 

साताको पहिलो दिन हिजो आइतबार १२।२९ अंकले बजार बढ्दा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६.८९ रुपियाँ बराबरको कारोबार भएको थियो । भोलि मंगलबार सरकारले कतारका राजाको भ्रमणका अवसरमा सार्वजनिक बिदा दिए पछि शेयर बजार बन्द रहने छ ।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin