२१ बैशाख २०८१, शुक्रबार
बि प्लस नेपाल

धनगढी उप-महानगरपालिका वडा न. ७ को वडा कार्यालयले २०७९ बैशाख १ गतेबाट सेवा दिने

खबर सम्बाददाता १८ चैत्र २०७८, शुक्रबार
धनगढी उप-महानगरपालिका वडा न. ७ को वडा कार्यालयले २०७९ बैशाख १ गतेबाट सेवा दिने

धनगढी उप-महानगरपालिका वडा न. ७ को वडा कार्यालयको आज २०७८ चैत १८ गतेका दिन प्रमुख अतिथि धनगढी उप-महानगरपालिकाका मेयर नृप बहादुर वड र जेष्ठ नागरिक ठग्गो देवि रानाबाट भवन उद्घाटन भएको छ ।

भवन उद्घाटन कार्यक्रममा सोही वडाका समाजसेवी, बुद्धिजीवी र आदरणीय ब्यक्तिहरुको उपस्थिति र धनगढी उप-महानगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सबै वडावासीलाई स्वागत गर्दै धनगढी उप-महानगरपालिका वडा न.७ कि वडा सदस्य यमुना भट्ट जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

हाम्रो यस नगरपालिकामा भ्रष्टचार भएको छैन यहि नै हाम्रो बिकास हो भनेर श्री सरस्वती मा.वि. का प्र.अ. ज्ञानेन्द्र ब. शाहले बताएका छन ।

हामिले यस वडामा विकास गर्न सबै एकजुट हुनुपर्छ भनेर मनेहरा सा.व.उ.स.का अध्यक्ष मोति रानाथारुले बताएका छन ।

हामी अहिले १७ वडामा आफ्नै भवनमा बसि सेवा दिइरहेका छौ । यो २ वर्ष ६ महिनाको कार्याकालमा वडा कार्यालयको भवन निर्माण र पशु भवन अदि निर्माण गरेका छौ । हामीलाई २ वर्ष ६ महिना त कोभिडले काम गर्न दिएन तपनी हामी धेरै नगरपालिकामा उत्कृष्ट तेस्रो भन्दा तल गएका छैनौ र अगामी दिनमा हामी तपाईं पुन: मिलेर काम गर्छौ भनेर आजका प्रमुख अतिथि धनगढी उप-महानगरपालिकाका मेयर नृप बहादुर वडले बताएका छन ।

हामी धनगढी उप-महानगरपालिका वडा न. ७ को राजधानीमा वडा कार्यालय उद्घाटन गर्न सफल भएका छौ । यस वडा कार्यालयको उद्घाटन गरिसकेका छौ अब २०७९ बैशाख १ गतेबाट नयाँ वडा कार्यालयको भवनबाट सेवा पनि दिनेछौ । हामीले बिगतका कुरा छाडेर अब कसरी विकास के कहाँ गर्नुपर्छ बताउनुस भनेर आजका सभापति धनगढी उप-महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष सिताराम रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin