१७ बैशाख २०८१, सोमबार
बि प्लस नेपाल

कृष्णपुरमा स्थानिय पाठ्यक्रम पाठ्य पुस्तक तयार,आधारभूत तहमा अनिवार्य पठनपाठन

खबर सम्बाददाता १० आश्विन २०८०, बुधबार
कृष्णपुरमा स्थानिय पाठ्यक्रम पाठ्य पुस्तक तयार,आधारभूत तहमा अनिवार्य पठनपाठन

कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यक्रममा आधारित पुस्तक हाम्रो कृष्णपुर पठनपाठन सुरु गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझा र उप प्रमुख द्रोपती रानाले कृष्णपुर नगरपालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो कृष्णपुर” हस्तान्तरण गरेका हुन् ।


एक सय पुणाङ्कको उक्त “हाम्रो कृष्णपुर” पुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुले अनिवार्य पढनु पर्नेछ । कञ्चनपुर जिल्लामा कृष्णपुर नगरपालिका स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन शुरु गर्ने पहिलो पालिका बनेको छ ।
पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बालबालिकालाई कृष्णपुर नगरपालिका बारे अझ राम्रोसँग जान्न र बुझ्न यो “हाम्रो कृष्णपुर” पुस्तकले थप टेवा पुग्ने बताएका छन ।
उनले लामो समयको मिहिनेत पश्चात यो पुस्तकले आकार पाएको भन्दै आगामी दिनमा थप यसलाई अझ परिष्कृत गरेर लैजाने बताए ।
नगरप्रमुख हेमराज ओझाले “हाम्रो कृष्णपुर” पुस्तक तयार गर्न सामुदायिक विद्यालयका थुप्रै शिक्षक र कृष्णपुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु दत्त भट्ट ज्यूको अत्यन्तै ठूलो भूमिका रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin