१९ बैशाख २०८१, बुधबार
बि प्लस नेपाल

लागुऔषध नियन्त्रण सम्बन्धि लालझाडीमा जनचेतनामूलक कार्यक्रम

खबर सम्बाददाता २४ फाल्गुन २०८०, बिहीबार
लागुऔषध नियन्त्रण सम्बन्धि लालझाडीमा जनचेतनामूलक कार्यक्रम

twitter sharing button

ञ्चनपुरको लालझाडी गाउँपालिकामा लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाको सभापतित्वमा बिहीबार भानु माध्यमिक विद्यालय कञ्जमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा ‘पातल’ प्रमुख अतिथि रहेका थिए ।

लागुऔषध दुर्व्यसन मुक्त समाज निर्माण गरौँ” भन्ने मुल नाराका साथ लालझाडी गाउँपालिकाको सहयोग,बाल अधिकार चेतना समुहको समन्वय,पालिकास्तरीय मानव अधिकार समुहको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद थापाले सबै मिलेर दुुश्मनको रुपमा रहेको लागुऔषध न्यूनीकरण गर्न आवश्यक रहेको बताए । नेता,प्रहरी,विद्यालय एक्लैले लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न नसकिने बताउँदै सबै मिलेर यसको निराकरण गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिकाले पाठ्यक्रममा यस सम्बन्धी विषयवस्तु समावेश गरेर विद्यार्थीहरुलाई जानकारी दिनुपर्ने बताए । लागुऔषध न्यूनीकरणका लागि जनचेतना फैलाउन जरुरी रहेको उनको भनाई थियो ।

प्रहरी उपरीक्षक चक्र प्रसाद जोशीले पछिल्लो समय साथीहरुकै लहलहैमा लागेर लागुऔषध दुर्व्यसनी बढिरहेको बताए । “९६ प्रतिशत मानिस साथी भाइको लहलहैमा लागेर लागुऔषध दुर्व्यसनीमा संलग्न रहेको तथ्यांकले देखाएको छ । पारिवारिक समस्या,माया प्रेममा धोका पाएर लागुऔषध दुर्व्यसनीमा संलग्न छन् । कैलाली,कञ्चनपुरमा लागुऔषध दुर्व्यसनीको अवस्था विकराल छ । यसको नियन्त्रण गर्न अभिभावक,विद्यालय,प्रहरी सबैको भूमिका आवश्यक छ,उनले भने ।” 

लागुऔषधको निराकरणका लागि लागुऔषध कारोबारीको सुचना गोप्य रुपमा प्रहरीलाई खबर गरेर लागुऔषध रहित समाज निर्माण गर्न सकिने उनले बताए । लागुऔषध न्यूनीकरणका लागि महेन्द्रनगरमा सुधार गृह(रियाव) सेन्टर सञ्चालनको आवश्यकता रहेको उनको भनाई थियो ।

समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले लागुऔषध सहित जाँड,रक्सी,सुर्तीजन्य पदार्थ समेत सेवन गर्न नहुने बताए । कुलतबाट टाढा रहन सकिए सुसज्जित समाज निर्माण हुने उनले बताए ।

लागुऔषध न्यूनीकरणका लागि सबैको साथ सहयोग आवश्यक रहेको भन्दै जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा विद्यार्थीहरुले लागुऔषध दुर्व्यसन नियन्त्रण सम्बन्धी नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल प्रसाद अधिकारी,जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी राना,सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्द,शुक्लाफाँटा नगरपालिकाका  नगर प्रमुख रण बहादुर महरा,लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना,वडा नम्बर ५ का वडाध्यक्ष  पहल बहादुर थापा,इन्सेक सुदुरपश्चिम प्रदेश प्रमुख खड्क बहादुर जोशी,शिक्षक,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin