१५ बैशाख २०८१, शनिबार
बि प्लस नेपाल

लालसलाम कप प्रदेश क्याम्पसस्तरिय भलिबल प्रतियोगिता हुने

खबर सम्बाददाता १४ चैत्र २०८०, बुधबार
लालसलाम कप प्रदेश क्याम्पसस्तरिय भलिबल प्रतियोगिता हुने


धनगढी, चैत १४
सुदूरपश्चिमको राजधानी धनगढीमा प्रथम लालसलाम कप प्रदेश क्याम्पसस्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। २०८१ सालको बैशाख १५ देखि २२ गतेसम्म धनगढी कभर्डहलमा प्रदेशका विभिन्न जिल्लाका क्याम्पसहरुबीच भलिबल प्रतियोगिता हुने आयोजक अनेरास्ववियू (क्रान्तिकारी) कैलाली जिल्ला समितिले जनाएको छ।
प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१ हजार र तृतिय पुरस्कार ५१ हजार रहेका छ। विभिन्न ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था रहेको छ।
प्रतियोगितामा सुदूरपश्चिमका सबै जिल्लाबाट ३० टिमको सहभागिता रहने आयोजकको ठम्याई छ। प्रतियोगिताको लागि टिकापुर भलिबल ट्रोनिङ सेन्टरले सहकार्य गरेको आयोजक अनेरास्ववियू (क्रान्तिकारी) कैलाली जिल्ला समितिका अध्यक्ष शिवराज सञ्ज्यालले बताए। उनले हरेक टिमले ९ जना खेलाडीसहित एकजना प्रशिक्षक र एकजना व्यवस्थापक हुनुपर्ने बताए। भलिबल संघको नियमअनुसार खेल खेलाइने उनले बताए।
१५ लाख ५५ हजारको लगानीमा प्रतियोगिता गर्न लागिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com

बि प्लस नेपाल टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

श्रीशा राना

सतेन्द्र राना

सेवाराम राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin